November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ: प्रधानमन्त्री प्रचण्ड

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने दाबी गरेका छन् । सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताउदै सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको बताएका हुन् ।

प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने उल्लेख गर्दै उनले भने, ‘अहिले अध्यक्षको तर्फबाट राजेशजीले केही गम्भीर विषयहरु व्यवस्थित रुपले उठाउनुभएको छ । नेपाल उद्योग परिसंघले निजी क्षेत्र र सरकारसँगको सहकार्यको बारेमा रचनात्मक र सिर्जनात्मक ढंगले आफ्ना विषयहरु राख्दै आएको छ । यस बीचमा परिसंघले दिएका सुझावहरु सरकारका निम्ति राम्रो फिडब्याकका रुपमा भुमिका खेलेका थिए । भन्दै जाँदा राजेशजीले भनेको एउटा कुरामा मेरो विशेष रुपले ध्यान केन्द्रित भएको छ । राजनीतिक अस्थिरता फेरि केही हुन्छ की जस्तो देखिँदैछ भन्नेकुरा गर्नुभयो । म के विश्वास दिलाउन चाहन्छु भने यो नेपालमा सिंगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ । त्यसमा तपाईंहरुले कुनै तनाव लिनुपर्ने आवश्यकता छैन । मिडियाहरुमा यदाकदा चल्ने छलफललाई तपाईंहरुले यति गम्भीरतापूर्वक लिन जरुरी छैन । १५ महिनामा मैले तीन पटक विश्वासको मत त लिएँ । तर प्रधानमन्त्री म नै छु । हाम्रो प्रणाली प्रधानमन्त्रीय सिस्टम हो, प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न हुँदैन । सरकार कन्टिन्यु हुन्छ, केही हुन्छ की भन्ने दिमागबाट हटाउँदा हुन्छ ।’

उनले सरकारले उद्योगी, व्यवसायीहरुको सुझावलाई गम्भीरताका साथ लिएको पनि बताए ।

Advertisement