काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाही लगायत केही कार्यकर्ता पक्राउ परेका छन् । प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेपछि उनीहरू भद्रकालीबाट पक्राउ परेका हुन् ।
सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको छ भने बलसमेत प्रयोग गरेको छ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।