November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाममा माओवादीले एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने

2.7K

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ।

शुक्रबार माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा सुहाङ नेम्बाङलाई मतदान गर्न अनुरोध गरेका हुन् ।

उक्त अपिलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको बताइएको छ।

Advertisement

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।