November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रिय महत्वका योजनामा राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गर्नुपर्छ: झलनाथ खनाल

1.5K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पनामा अघि सारिएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएको छ।

नेता खनालले चुरे क्षेत्रका जनताको जीवनस्तर उठाउनका लागि परी कल्पना गरेको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता लिएको खनालको निजी सचिवालयले जानकारी दिएको छ।

बिहिबार राजनीतिक तथा सामाजिक कार्यक्रमको सिलसिलामा झापा-इलाम पुगेका खनालले निर्माणाधिन मदनभण्डारी राजमार्गको अर्जुनधाराबाट पाटापुर क्षेत्रको अनुगमन गरेका छन्।

Advertisement

उक्त क्रममा ठाउँठाउँमा सरोकारवालाहरूको समूहले स्वागत अभिवादन व्यक्त गर्दै राजनीतिक तथा आफ्नो क्षेत्रको विकासबारे नेता खनालसँग छलफल र अपेक्षासमेत राखेका छन् ।

यसै क्रमामा नेता खनालले साँघुटार शान्तिपुर तिलहरे सडक, हाँसपोखरी सारुपाखा बहुवन सडक हर्कटे रम्याङ निन्दा सडक र मेची करिडोर (सिमा सडक) कोसमेत चासो राखेका छन् ।

मदन भण्डारी राजमार्गलाई चुरे क्षेत्रको पीछडिएको गाउँ वस्तीका निम्ति उज्ज्वल भविष्य निर्माण गर्ने महत्वपूर्ण परियोजना भएको बताए।

नेता खनालले राष्ट्रिय महत्वका योजनामा राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिए।

उनले सडक निर्माणको क्षेत्र भित्र नम्बरिङ गरिएका रुख हटाउन, तिरिङ खोलामा र मेचिखोलामा पुल निर्माणलाई प्रक्रियामा लान र पाटापुरलाइ बसपार्कलगायत आधुनिक सहरमा रुपान्तरण गर्न आफुबाट पहल गर्ने बताए ।

सोही क्रममा भृकुटी र भावना चोकको बिचमा पर्ने निन्दा खोलाको पक्किपुल निर्माण सम्बन्धी भर्खरै उनले नै सिफारिस गरेको योजनाको चासो राखेका थिए।