November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाममा रास्वपाको निर्वाचन सम्पर्क कार्यालय स्थापना

1.7K

इलाम । इलाम-२ मा उपनिर्वाचनको सर्गर्मी बढ्न थालेसँगै राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् । यसैक्रममा इलाम बजारको नगरपालिका नजिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

रास्वपाबाट उम्मेदवार रहेका मिलन लिम्बुले कार्यालयको उद्घाटन गर्दै, आमनागरिकले रास्वपाबाट धेरै आशा र अपेक्षा राखेकाले उहाँहरुको गुनासो सुन्न, निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन कार्यालय स्थापना गरिएको बताए । उनले भने, ‘पुराना दलहरुको कार्यशैलीबाट आजित भएका मतदाता रास्वपाप्रति निकै उत्साहपूर्ण नजरले हेरी रहेका छन् । मतदाताको गुनासो सुन्नका लागि र पार्टीका अन्य गतिविधि अघि बढाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो ।’

यसैगरी रास्वपाका उम्मेदवार लिम्बुले बुधबार इलामलाई आफ्नो कार्यक्षेत्र बनाई काम गरी रहेका पत्रकारहरुसँग पनि भेटघाट तथा अन्तरक्रिया गरेका छन् । पार्टीका काम तथा गतिविधिहरुलाई जनतासम्म पुर्‍याउन सञ्चार माध्यम र पत्रकारको अहंम भूमिका भएकाले आफ्नो कर्ममा निष्ठा पूर्वक लाग्नु आह्वान गरे ।

Advertisement