काठमाडौं- काठमाडौंको रविभवन स्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। सोमबार दिउँसो आगलागी सुरु भएको हो।
आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन्। आगलागीको कारण खुल्न सकेको छैन।
आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन्।