November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस फेरि सरकारमा पुग्छ: गगन थापा

1.2K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस फेरि सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लगानीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी फेरि सरकारमा पुग्ने बताएका हुन्।

महामन्त्री थापाले भने, ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’

उनले देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको पनि बताए । उनले भने, ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला ! तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’

Advertisement

महामन्त्री थापाले मुलुकलाई निराशा चिर्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने पनि बताए ।