काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा जोडिएका जीवि राईलाई कहिले समात्ने हो भन्दै प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका हुन् ।
उनले गृहमन्त्री लामिछानेसँग प्रश्न गरे, ‘यसअघिका बैठकमा पनि हामीले सोधेका थियौँ। गृहमन्त्रीले मलेसियामा रहेको र रेड नोटिस जारी भएकोबारे बताउनुभएको थियो। अब ती कहिले समातिन्छन् ?’
उनले यसलाई गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक छलफल भनिएको भन्दै आपत्ति जनाए । उनले भन, ‘यो कस्तो छलफल हो ? यसरी सभापतिले बैठक राख्न पाउनुहुन्न । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेर जे पायो त्यही बैठक राख्ने ? यसमा गम्भीर आपत्ति छ ।’