November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

महरालाई कारबाहीको दायरामा ल्याइनु ठूलो सफलता: स्वर्णिम वाग्ले

1.2K

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नदिए सरकारमा नबस्ने चेतावनी दिउका छन् । उनले काम गर्न नदिइएको वा नसकेको खण्डमा रास्वपा सरकार छाडेर जनतामाझ जाने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘काम गर्न नसकिएको र नदिइएको दिन चटक्कै छाडेर हामी जनतासँगै आउनेछौं ।’

उनले पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा सहभागी भएको दिनदेखि नै देश र जनताको पक्षमा काम गर्न सुरु गरिसकेको दाबी गरे । उनले रास्वपाले संसद्समेत तताएको दाबी गरे । रास्वपाका सांसदको सहभागिता र एजेण्डाको कारण संसद् चलायमान भएको उनको दाबी छ ।

Advertisement

साथै, गृहमन्त्री लामिछानेले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई समेत कारबाहीको दायरामा ल्याएको भन्दै प्रसंशा गरे । उनले महरालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनु ठूलो सफलता भएको धारणा राखे । ‘विश्वासको मत लिएकै दिनदेखि गृहमन्त्री लामिछानेले आफ्नो काम सुरु गर्नुभएको छ,’ वाग्लेले थपे, ‘सोही दिन आरती शाहको मुद्दालाई सुल्झाउनुभएको छ ।’ यसबाहेक, मिटरब्याज पीडित र सहकारी समस्या झेलिरहेकाहरूको फाइल समेत टकटक्याउन थालेको वाग्लेले बताए । यसबाहेक, कृष्णबहादुर महराजस्तो हाइप्रोफाइललाई समेत कानुनको घेरा भित्र ल्याइएको वाग्लेले बताए ।

‘सत्तारुढ दलका उपाध्यक्षलाई समेत कानुनको दायरामा ल्याउन सकिन्छ,’ वाग्लेले भने, ‘नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई बयानमा उभ्याइयो । उहाँमा मलाई कसले छुने भन्ने खालको भनाई देखिन्थ्यो ।’ तर, विधिको शासनलाई रास्वपाले पछ्याउनेमा दुई मत नरहेको वाग्लेले बताए ।