November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तरूण दलले बोलायो केन्द्रीय समिति बैठक

1.3K

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक चैत १५ र १६ गते बस्ने गरी बोलाइएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार केन्द्रीय समिति बैठक ललितपुरस्थित कुपण्डोल ब्यान्क्वेटमा बस्नेछ ।

बैठकमा नेपाल तरूण दलको पाँचौं राष्ट्रिय महाधिवेशन तयारीबारे छलफल गर्ने एजेन्डा रहेको बताइएइको छ ।

Advertisement

तरूण दलको नियमित महाधिवेशन भएको छैन । विद्वान गुरूङ नेतृत्वमा चार सय सदस्यीय तदर्थ समिति गठन भएको थियो ।