काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ः०९ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको दिन तोक्ने र अध्यक्षको पदपूर्ति नहुन्जेलसम्मका लागि उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोननयन गर्ने कार्यसूची तय गरिएको छ ।
आजकै बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ भने आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची पनि रहेको छ ।