November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सैनिक मुख्यालयमा सुरक्षा व्यवस्थापन केन्द्र सञ्चालनमा

2.3K

काठमाडौँ – सैनिक मुख्यालय जङ्‍‍गी अड्डामा जङ्‍‍गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्‍घाटन गरेका हुन्।

उक्त केन्द्रबाट जङ्‍‍गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

केन्द्र सञ्चालनमा आएसँगै जङ्‍‍गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने छ।

Advertisement