November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जसपाले टुंगो लगायो मन्त्रीको नामावली, अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री

२०८० फाल्गुन २४

1.3K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाएको छ ।

भर्खर सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको हो ।

त्यस्तै वन तथा वातावरण मन्त्रीमा सप्तरी–१ बाट निर्वाचित नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा धनुषा–१ बाट निर्वाचित दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो ।

Advertisement