November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सत्तापक्षमा बसे १५७ सांसद

२०८० फाल्गुन २४

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई सहज बहुमत प्राप्त भएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बेन्चमा बसेका छन् ।

एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।

Advertisement

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा बसेको छ ।