काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा मन्त्रालयको भागबन्डा बारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको पार्टीसँग नयाँ गठबन्धनको मन्त्रीमण्डल रेका छन् ।
नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन् । मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन् ।