काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।
एमालेको सचिवालय बैठकले सरकारमा जान निर्णय गर्दै पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ । माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ । पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दैछ ।
यस्तै, रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् । दुवै दलका पनि बैठक चलिरहेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पनुर्गठनको पत्र पठाउने छन् । त्यसपछि आजै शपथ हुनसक्ने जनाइएको छ ।