November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शालिन पोखरेल मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेविसंघको प्रदर्शन

२०८० फाल्गुन २०

1.8K

काठमाडौं । शालिन पोखरेल मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले छानबिन गर्न माग गर्दै आइतबार नेपाल विद्यार्थी (नेवि) संघ त्रिचन्द्र कलेज इकाइ समितिले प्रदर्शन गरेको हो ।

नेविसंघले छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

Advertisement

स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरूले घटना गम्भीर बनेको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।