November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गठबन्धन पाँच वर्ष नै टिक्छः मन्त्री पूर्णबहादुर खड्का

२०८० फाल्गुन १८

2K

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने बताएका हुन् ।

जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको दाबी गर्दै उनले भने, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन ।’

उनले थपे, ‘यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बिचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौँ भनेको हो ।’

Advertisement