November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अदालत अधिवक्ता भगवती पाण्डेको म्याद थप गरेन, तत्काल हिरासत मुक्त

1.7K

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनेको छ।

जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।

तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको बुझिाएको छ ।

Advertisement

आरोपीले आफ्नो अभिव्यक्तिबारे माफी मागिसकेको र प्रमाण नष्ट गर्न सक्ने खतरा पनि नभएका कारण देखाउँदै अदालतबाट म्याद थप नभएको प्रहरीश्रोतले जनाएको छ ।

पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्ने र आरोपी बाहिरै बसेर मुद्दा लड्न पाउने छन् । अदालतले म्याद थप नगरेपछि हिजै पाण्डेलाई प्रहरीले छोडेको छ ।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। जाहेरी परेपछि पनि पक्राउ नगरेको भन्दै उजुरी गर्ने समुदायले टेकु प्रहरी कार्यालयमा खबरदारी गरेको थियो । उक्त खबरदारीमा धेरै व्यक्ति घाइते भएका छन् ।