November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापा

1.8K

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापा नियुक्त भएका छन्। बहुमतसहित दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

थापालाई का‌ंग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि गठबन्धनको पक्षमा बहुमत पुगेको हो।

अब उनले संविधान अनुसार आगामी ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।

Advertisement

यसअघि सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति सर्वोच्चको आदेशले बदर भएको थियो।