November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फिदिममा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

1.7K

पाँचथर । डेंगु नियन्त्रणका लागि पाँचथरको फिदिम नगरपालिकामा डेंगु संक्रमण गराउने लामखुट्टेको लार्भा नष्ट गर्ने तथा जनचेतना अभिबृद्धि अभियान सुरु भएको छ ।

आइतबार फिदिम बजारको फाल्गुनन्द चोकस्थित शिवालय मन्दिर परिषरबाट अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत मन्दिर परिषरमा सरसफाई गरिनुका साथै बिषादी छर्किने काम गरिएको थियो ।

महामारीकै रुपमा फैलिरहेको डेंगु पाँचथरमा समेत देखिएकाले सचेतना अभिवृद्धि गर्न अभियान सुरु गरेको हो ।

Advertisement

साउन महिनामा मात्र पाँचथरमा ४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।