काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट मनाङ काठमाडौँ सम्पर्क मञ्चको ५ औ सम्मेलन सम्पन्न भएको छ । आइतबार काठमाडौंस्थित स्टार बैंक्वेट स्वयंभूमा भएको सम्मेलनले ज्यामयाङ टासी गुरुङको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा अमृत लामा वाईवा सचिवमा सेमीना गुरुङ रहेका छन् भने सदस्यहरुमा रविना गुरुङ, राजा गुरुङ, सम्फेल गुरुङ, विजय गुरुङ, छिरीङ टासी गुरुङ डोल्मा गुरुङ विजय गुरुङ (चामे) कर्मा डोल्मा गुरुङ मुखिया गोदामे र मिग्मार गरुङ चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पार्टीका पोलिटव्युरो सदस्य दिलु पन्त , पार्टीका गण्डकी अध्यक्ष जगन्नाथ अधिकारी ,समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी ,अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका उपाध्यक्ष नितेश पौड्ल, तनहुँ काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष रामहरी पाण्डेले आफ्ना धारणा राखेका थिए ।
अधिवेशनको बन्द सत्रको संचालन द्रोण बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन मेघनाथ चापागाईले गरेका थिए । कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघका सचिव ऋषि अधिकारीले आफ्ना प्रस्तुतिहरू राखेका थिए ।