November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

वाटर एसियाका अध्यक्ष डा. उप्रेतीको ‘मैले देखेको नेपाल’ शनिबार लोकार्पण हुँदै

2.3K

काठमाडौँ । डा. त्रिलोचन उप्रेतीद्वारा लिखित ‘मैले देखेको नेपालः हामी कहाँ चुक्यौँ ?’ नामक पुस्तक शनिबार प्रज्ञा भवनको सिद्धिचरण सभा कक्षमा लोकार्पण हुने भएको छ ।

नेपाल सरकारका पूर्व सचिवसमेत रहेका लेखक तथा साहित्यकार डा. उप्रेतीको अनुसन्धानमूलक, तथ्यपरक तथा विचारप्रधान उक्त पुस्तक सर्वोच्च अदातलका पूर्व न्यायाधीश टोपबहादुर सिंहद्वारा लोकार्पण हुने कार्यक्रम रहेको आयोजक संस्था वाटर एसियाका कार्यकारी निर्देशक निश्चित महर्जनले बताए ।

लेखक डा. उप्रेतीका अनुसार पुस्तक लोकार्पण समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमलप्रसाद कोइराला, पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, महिला अधिकारवादी नेतृ डा. रेणु अधिकारी लगायत विशेष वक्ताका रूपमा रहेका छन् ।

Advertisement

‘मैले देखेको नेपालः हामी कहाँ चुक्यौँ ?’ नामक पुस्तकका लेखक डा. उप्रेतीका यसअघि बेलायतमा भेटिएको नेपाल (नियात्रा), इन्टरनेशनल वाटर कोर्स ल एण्ड इट्स इलिमेन्टेसन इन साथ एसिया, परमानन्द शर्माका कविता, अन्तर्राष्ट्रिय कानुनमा आत्मनिर्णयको अधिकार, नेपाल एण्ड क्रसरोडस, मानव अधिकार र संक्रमणकालीन न्याय (सहलेखन)का साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौँ लेखकहरू प्रकाशित छन् ।
डा. उप्रेती वाटर एसियाका अध्यक्ष हुन् ।