November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए मलेसियाको चौथो क्षत्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा बेदना श्रेष्ठ

2.1K

काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको चौथो क्षत्रीय अधिवेशन सम्पन्न भएको छ । जोहोर राज्यमा आइतबार सम्पन्न अधिवेशनबाट जोहोर राज्यको अध्यक्षमा बेदना श्रेष्ठ निर्वाचित भएकी छन् ।

एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरको इतिहासमै पहिलोपटक महिलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन बहादुर सिंह, उपाध्यक्षमा बिन्दु दर्लामी, सचिव छविलाल गिरी, सह–सचिव भिम लुहार, कोषाध्यक्ष तिलक श्रेष्ठ, सह कोषाध्यक्ष संञ्जु चाम्लिङ र युवा संयोजक सागर रावल निर्वाचित भएका छन् ।

Advertisement

यस्तै, समितिको सदस्यहरुमा सुनिता साह, बिनोद भण्डारी, प्रेम नारायण श्रेष्ठ, अभय विश्वकर्मा, बिजय कुमार राई, दामोदर ओली, दिपक कार्की, मान मगर, राम बहादुर थापा खेमराज तामाङ, प्रमोद भण्डारी, ईश्वर केसी, प्रेम बिष्ट, विनय हमाल, जीवन रोका मगर, सशिकला राई, राममाया दराई, बिनु राई, राजु बिक, राम शरण यादव, उषा केसी, रामबली मण्डल निर्वाचित भएका छन् । बैकल्पिक सदस्यमा भने विशेष कार्की, श्यामकुमार बस्नेत निर्वाचन भएका छन् ।

एनआरएनए ग्लोबल केन्द्रका सचिव खगेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता तथा एनआरएनए मलेसिया केन्द्र क्वालालम्पुरका अध्यक्ष बिनोद थापाको विशेष आथित्यतामा सम्पन्न उक्र महाधिवेशन कार्यक्रमको अतिथिहरुमा एनआरएनए केन्द्र क्वालालम्पुरका उपाध्यक्ष राकेश महतो, उपाध्यक्ष हेमराज सापकोटा, महासचिव रन्जित क्षेत्री, कोषाध्यक्ष कृष्ण नेपाल, पत्रकार कृष्ण गुप्ता लगायत मलेसियामा विशेष गरी जोहोरमा सक्रिय समाजिक संघसंस्थाका पदाधिकारीहरु र नेपाली व्यावसायी, व्यापारीहरु, नेपाली श्रमिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।