November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल आदिवासी जनजाती महासंघ, कुवेतको चौथौं अधिवेशन हुँदै

2.3K

कुवेत । नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाको यही १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवसको साथमा चौथों अधिवेशन हुने भएको छ । कार्यक्रमस्थल भने आगामी वैठकले तय गर्ने भएको हो ।

विश्वका आदिवासी जनजातीहरूलाई एकबद्ध गराई आफुहरूको हक हितको संरक्षण गर्न गराउनहरेक वर्ष ‘९ अगष्ट’का दिन विश्व आदिवासी दिवस मनाउदै आएको र यस वर्ष पनि कुवेतमा रहेका जनजातीहरू र कृयाशिल जातिय संस्थाहरूको छाता संस्थाका रूपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले ‘विश्व आदिवासी दिवस’ तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो ।

उक्त कार्यक्रमको लागि जुलाई ७ मा बसेको महासंघको बैठकले कार्यक्रमको लागि आफ्नो गृहकार्य शुरु गर्दै विभिन्न कार्यबिभाजन गरेको जानकारी दिएको छ ।

Advertisement

कुवेतमा तमू समाज, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, तमू प्ये ल्हु संघ शाखा, सुनुवार सेवा समाज, नेवाःगूठी महासंघमा आवद्ध भई सक्रिय रहेको छन् ।