November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अब पाइलट र एयरहोस्टेसले उडानका क्रममा फोटो-भिडियो खिच्न नपाउने

2.5K

काठमाडौं–जहाज उडान गर्ने चालक दलका सदस्य तथा एयर होस्टेसलगायत सम्पूर्ण उड्डयनकर्मीले अबदेखि उडानका क्रममा फोटो तथा भिडियो खिच्न नपाउने भएका छन्।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सबै वायुसेवा कम्पनीहरुका चालक दलका सदस्य तथा एयरहोस्टेसले उडानका क्रममा फोटो तथा भिडियो खिच्न नपाउने गरी नयाँ मापदन्ड जारी गरको छ।

प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले उडान सञ्चालन मापदण्ड संशोधन गर्दै यस्तो नियम लागू गरेको हो।

Advertisement