November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लुभुघाट पुल नबनेपछि समस्यामा तेह्रथुम र पाँचथरका जनता

बबिता राई
२०८० असार २०

1.6K

तेह्रथुम । तेह्रथुम पाँचथर जोड्ने अलपत्र लुभुघाटको पुल निर्माण कम्पनीले प्रतिवद्धता जनाए अनुसार काम नगरेपछि तमोरको पुल बनाउन दबाब दिने समुहद्धारा प्रशासनलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

मंगलबार म्याङलुङस्थित नेपाल बालसंगठनको हलमा भएको छलफलमा समुहले सो निर्णय गरेको हो ।

निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले उक्त पुल प्रशासन, जनप्रतिनिधी, स्थानीयवासीसँग असार मसान्तसम्म निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता अनुसार काम नभएपछि सो समुह पुनः ध्यानाकर्षणका लागि प्रशासन जाने छलफलमा निर्णय भएको छ ।

Advertisement

अहिले तमोरको पुल बनाउन दवाव दिने समुहमा म्याङलुङका विभिन्न पेशामा आवद्ध ७७ जना सदस्य रहेका छन् । यो समुहले अलपत्र तमोरको पुल बनाउन सम्बन्धित सरोकार निकायलाई घच्घच्याउने कार्य तथा सुनुवाइ नभएमा आन्दोलन लगायतका कार्य गर्ने लक्ष्य रहेको तमोरको पुल बनाउन दबाब दिने समुहका संयोजक अर्जुन ढुङ्गानाले बताए ।