November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रको १२औं अधिवेशन सम्पन्न

1.3K

दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रको १२औं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट पुरन याम्फुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको छ ।

जसको वरिष्ठ उपाध्यक्ष सुनिल राई, उपाध्यक्षहरू सुनिल वान्तवा राई, जुनल राई, श्री राई, सन्तोष राई, महासचिव छत्र राई, सचिव मौषम राई, बालकृष्ण राई, कोषाध्यक्ष पुष्षा मुकारुङ राई, सहकोषाध्यक्ष जबराज राई छन् ।

Advertisement

सदस्यहरूमा जीतेन राई, मणि चाम्लिङ राई, दुर्लभ काइँला रहेका छन् ।

जुलाई ३ तारिख आइतबारका दिन सउल दोङदेमुनस्थीत निक ट्राभल्सको सभाहलमा सम्पन्न अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विसन राई प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यसैगरी एनआरएन एनसीसी, एमटीयु र पूर्वाञ्चल सरोकार समाजका अध्यक्षलगायत विभिन्न संघसंस्थाको प्रतिनिधि अतिथिको रुपमा उपस्थित रहेका थिए ।