November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रको १२औँ अधिवेशन सम्पन्न

3K

काठमाडौं । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रको १२औँ अधिवेशन सम्पन्न भएको छ । सोमबार निक नेपाल ट्राभल्सको हल थोङ्देमुनमा सम्पन्न अधिवेशनले पुरान याम्फुको अध्यक्षतामा १४ सदस्यीय समितिको गठन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल राई उपाध्यक्षमा सुनिल बान्तावा राई, जुनल राई, श्री राई र सन्तोष राई निर्वाचित भएका छन् ।

यस्तै, समितिको महासचिवमा छत्र राई,सचिवमा मौसम राई र बालकृष्ण राई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पुष्पा मुकारुङ राई र सह- कोषाध्यक्षमा जव राज राई निर्वाचित भएका छन् । समितिको सदस्यहरूमा भने जीतेन राई, मणि चाम्लिङ राई र दुर्लभ काइँला निर्वाचित भएका छन् ।

Advertisement

अधिवेशन कार्यक्रम आदिवासी जनजाति महासंघका अध्यक्ष बिशन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।