November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साहित्यमार्फत पर्यटन प्रवर्द्धन सम्बन्धी ३ दिने श्रष्टाहरूको लेखन शिविर सुरु

2.5K

उदयपुर । कोसी प्रदेश स्तरीय साहित्यमार्फत पर्यटन प्रवर्द्धन सम्बन्धी ३ दिने श्रष्टाहरूको लेखन शिविर सुरु भएको छ । उदयपुरको बोक्सेस्थीत कोहबरा होटलमा लेखन शिविर शुरु भएको हो ।

प्रशिद्ध साहित्यकार गणेश रसिकको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा विशिष्ठ अतिथि वसन्त बस्नेत। बुलु मुकारुङ, राममणि पोख्रेल रहेका छन् ।

लेखन शिविरमा राजेन्द्र सर्वहारा, ताराबहादुर बुढाथोकी, रेजिना आँपगाईँ, सिर्जना सरोवर, सुष्मा दाहाल, केदार कार्की, विमल वैद्य, चन्द्र मादेन, मुनाराम शेर्मा, लक्ष्मी रायमाझी, बलबहादुर परियार, तिलक चाम्लिङ, कौशल चेम्जोङ, सम्झना असफल, माधव गोज्याङ्ग्रे, सम्झना असफल, श्यमप्रसाद ढुङ्गाना, गोपाल कृती, पुन्य कर्की, नमु नौपाने आदिको सहभागितामा छ ।

Advertisement

स्व.डा. रणशेर राई स्मृति फाउण्डेशनको आयोजना र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको सहयोगमा कार्यक्रम भइरहेको फाउण्डेशनका अध्यक्ष महेन्द्र राईले जानकारी दिएका छन् ।