November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए मलेसियाद्वारा जोहोर शाखा कमिटीलाई अधिवेशन गर्न अनुरोध

1.9K

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले शाखा कमिटीलाई यथाशीघ्र अधिवेशन सम्पन्न गर्न अनुरोध गरेको छ । अध्यक्ष विनोद थापाले एनआरएनए जोहोर शाखा कमिटीका अध्यक्ष हरि बहादुर बस्नेतलाई पत्र पठाउँदै विधान अनुरुप अधिवेशन सम्पन्न गर्न अनुरोध गरेका हुन् ।

अध्यक्ष थापाले विधानमा केन्द्रको अधिवेशन अघि नै शाखाको अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको हुँदा दुवै अधिवेशन सप्पन्न गर्न सहयोगको अपिल गरेका हुन् ।’हामी सबै मिलेर संस्थामा आबद्ध हुन चाहनेलाई २८-६-२३ सम्म सदस्यता बनाउन तिर लागेका थियौं । यहाँहरूले पनि आ-आफनो ठाउँबाट सदस्यता बनाउनु भएकोमा यहाँहरु सबैजनालाई धन्यवाद प्रकट गर्दछौं। अब हामी सबै मिलेर शाखा तथा केन्द्रको अधिवेशन गर्नुपर्ने छ ।’, पत्रमा उल्लेख छ ।

उनले अधिवेशन अघि जोहोर शाखा कमिटीबाट बनेका पञ्जिकृत सदस्यहरू तपशिलमा रहेको लिस्टबाट ३३% ( एपरूप भएका ३१४७ + हुन बाकि १४९६ ) सदस्यको शुल्क संस्थाको खातामा डिपोजीट गरेको स्लिप तथा सदस्यहरूको नाम लिस्ट पठाइदिन पनि अनुरोध पनि गरेका छन्।

Advertisement