विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । विहीबार विश्वासको मत लिने तयारी गरेका कार्कीले अन्तिममा स्थगित भएपछि आज लिन लागेका हुन् ।
मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक ८ बजे बस्ने भनिएको थियो । तर, बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
नेकपा माओवादी र जसपा लगायतको समर्थनमा मुख्यमन्त्री बनेका कार्की दुवै पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका हुन् । जसमध्ये माओवादीले मत नदिने निर्णय गरेको छ भने जसपाले सहभागी नबन्ने जनाएको छ ।
