November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रवासी नेपाली मञ्च, मलेसियाको दोश्रो अधिवेशन सम्पन्न

2.1K

क्वालालम्पुर । प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो अधिवेशनबाट दयाराम कुमाल अध्यक्षमा चयन भएका छन् ।

जसको उपाध्यक्ष जीवन देवान गाउले, खगेन्द्र श्रेष्ठ, सचिव कृष्ण खड्का, सहसचिव दिनेश खड़का खप्तरी, सहसचिव रविन कार्की छन् ।

त्यसैगरी सदस्यहरू डिल्ली न्यौपाने, चित्र बहादुर थापा, प्रेम मगर, टोप नारायण भण्डारी, नेत्र खड्का, छविलाल गिरी, मोहन खाती र राधिका छेत्री छन् ।

Advertisement

नेकपा एमालेसम्वद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेण्टलमा नेकपा एमाले केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, केन्द्रीय सदस्य एवं जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ लगायत अन्य नेताहरूको उपस्थित रहेको थियो ।

त्यसैगरी नेपालबाटै साँस्कृतिक कार्यक्रमको लागी कलाकार बद्री पंगेनी, पुर्णकला बि.सी., करिष्मा ढकाल र राजन बर्देवाको उपस्थिति थियो । कार्यक्रममा स्थानिय नेपाली कलाकारहरूले पनि आफ्नो कला प्रदर्शन गरेका थिए ।

कार्यक्रममा गैरआवसिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई, प्रवासी नेपाली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष चोला पंगेनी लगायत मलेसियामा आवद्ध थुप्रै संघ संस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।