November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यी हुन् राष्ट्रिय कविता महोत्सव-२०८० मा पुरस्कारका लागि छनौट भएका १० कविका कविताहरू

21.7K

काठमाडौं । राष्ट्रिय कविता महोत्सव-२०८० मा पुरस्कृत हुने उत्कृष्ट १० कविका सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिस्ठानको ६६ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कविता महोत्सवमा सुनसरीका कवि प्रकाश दिप्साली राईको कविता ‘नौरानको नाम’ सहित १० कविका कविता पुरस्कारका लागि छनौट भएका हुन् ।

प्रतियोगितामा वाचनका लागि छनोट भएका २५ कविताबाट १० कविता पुरस्कारका लागि छनौट
भएका हुन् । जसमध्ये दिप्सालीको कवितासहित उमेश पुनको ‘छोरीको सिमाना र देश’, कृपा करुणा पोखरेलको ‘रक्तिम कथा’, खिमानन्द जोशीको ‘मुई गोठ नाइँ झान्या हुँ’, जीवन आरोहीको ‘प्रश्नहरूको विज्ञप्ति’, टङ्कबहादुर झाँक्री मगर (समीप वैरागी)को ‘हुन्के बे बड्डा’, तीर्थराज विश्वकर्माको ‘कविले के सम्झियो?’, नवीन अभिलाषीको ‘भेरी अभिशप्त बगिरहेछ’, पूर्णानन्द ओझाको ‘सन्निको मान्स’ र राधिका कल्पितको ‘परिचय-पत्र’ रहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता महोत्सवका लागि विभिन्न मातृभाषासहितका कविहरू छनौट भएका थिए । जसमा अबिनास भट्टराईको ‘पाइतालाहरू’, इन्दु फोम्बोको ‘छुटेका मनहरू’, उमा शर्माको ‘त्यो दिनको तयारी’, कमल विवश मगरको ‘कम्ब्याट’, गोविन्दप्रसाद आचार्यको ‘तिम्रो नजरमा’, दिनेश राईको ‘पोक्ची दिदिको कथा’, दिलकुमारी डङ्गोलको ‘विश्वासया प:खा’, पूर्ण सन्ध्या समाधिको खोला र लालिगुराँस’, प्रदीप योङहाङको ‘पृथ्वीको प्रोटेट चित्र’, बादलदेवी चाम्लिङको ‘तोक’, रमेश थामी (छड्के सलाम)को ‘झोला’, शर्मिला दुलालको ‘एउटा गीत’, सन्जित फलानाको ‘आदिवासी डाँडा’, सुन्दर शिरीषको ‘एक परदेशीको बकपत्र’ र सुवास सगम राईको ‘माटोको उचाई’ वाचनका लागि छनौटमा परेका थिए।

Advertisement

पुरस्कृत कविहरूले नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।