November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

घुस लिएको आरोप लागेका इन्सपेक्टर निलम्बित

3K

काठमाडौं–महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो।

कलंकी क्षेत्रमा भएको दुर्घटनाको घटना मिलापत्र गराउन १५ हजार रुपैयाँ घुस लिएको अरोप शर्मामाथि लागेको छ। शर्माले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन्। घुस लिएको भन्ने रिपोर्टिङ वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शर्मालाई नियन्त्रणमा लिएको थियो ।

निलम्बन भएका शर्मा वृत्त थानकोटको मुद्दा फाँटमा कार्यरत थिए।

Advertisement