याङ्वरक। पाँचथरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा याङवरक ५ कुवापानी निवासी १९ वर्षीय सुमन काम्बाङ रहेका छन् ।
प्रहरीका अनुसार उनी बुधबार अपराह्न साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरी गएका थिए । तर, पौडिन नजान्दा डुबेर उनको मृत्यु भएको हो ।
काम्बाङको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
