काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वको बाढीपहिरोग्रस्त क्षेत्र पुगेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन निरीक्षणका लागि गएका प्रधानमन्त्री प्रचण्ड संखुवासभा पुगेका छन् ।
सङ्खुवासभामा गत शनिबार भएको वर्षापछि आएको बाढीले जनधनमा पुर्याएको छ । जसको क्षतिको निरीक्षण गर्न सोमबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थल पुगेका हुन् । उनी पाँचथर पनि जाने बताइएको छ ।
पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । प्रकोप प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री आज ताप्लेजुङ र सङ्खुवासभामा हुँदै पाँचथर आउने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षणमा हिँडेपछि दिउँसो ३ बजे काठमाडौंमा घोषणा हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम एक घण्टा सारिएको छ ।
