पाँचथर । पाँचथरको याङवरक १ फेदी गाउँमा पहिरोमा फसेका ३ घरका १२ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । उनिहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक १ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शनिबारदेखि परेको अविरल वर्षाका कारण फेदी गाउँ बस्तीनजिकै माथि पहिरो बग्न थालेपछि जोखिम बढेको थियो । स्थानीयवासी मानबाहादुर गुरुङका अनुसार अविरल वर्षाका कारण फेदी गाउँ बस्तीनजिकै तलबाट पहिरो बगेको र चारै तिर पहिरोको उच्च जोखिम बढेको थियो ।
फेदी गाउँनै नै जोखिममा भए पनि सो गाउँको माथि पहिरो बग्न थालेपछि र चारैतिर पहिरोको कारण गाउँ पहिरोले थुनिएर झनै जोखिम बढेको थियो । ‘मोरुङगा खोला थुनिदा कति खेर पहिरोले गाउँनै लाने हो चिन्ता रहेको स्थानियहरुले बताएका छन् ।
पहिराले गोरेटो बाटो बगाउदा फेदीगाउँ र अन्य गाउँको सम्बन्ध नै विच्छेद भएपछि उनीहरुलाई हेलिकेप्टरबाट उद्धार गरिएको हो ।
