November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ताप्लेजुङ मेहेलेको पहिरोमा बाबुछोराको मृत्यु

4.9K

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेको पहिरोमा परी बाबुछोराको मृत्यु भएको छ । बेपत्ता भएका केशरकुमार राई मृत भेटिएका छन् भने गम्भीर अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ ।

केशरकुमारलाई पहिरोले बगाएको ठाउँबाट ४ सय मिटर तल मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । उनको छोरा सुरेशको भने प्राथमिक उपचारसमेत पाउन नसकी मृत्यु भएको बताइएको छ । स्वास्थ्य चौकी आइतबार पहिरोले बगाएको र थप स्वास्थ्य सामग्री नभएकोले उपचारमा कठिनाई भएको हो ।

ताप्लेजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार गणेश तामाङको मृत्यु भएको थियो ।

Advertisement

पहिरोबाट उद्धार गरिएका राजकुमार राईलाई सरकारले उपचारका लागि पठाउने भने पनि अहिलेसम्म हेलिकप्टर नआएको स्थानीयले बताएका छन् । प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले गृह मन्त्रालयले हेलिकप्टर पठाइसकेको बताएका छन् ।