November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाँचथरसहित पूर्वि पहाडमा वाढीको वितण्डा, ५ जना बेपत्ता ५ वटा पुल बगायो, करोडौंको क्षति

1.5K

पाँचथर । दुई दिनसम्म लगातार भएको अविरल वर्षाका कारण पूर्वी नेपालको पाँचथरसहितका जिल्लाहरुमा बाढीले विनास ल्याएको छ । शनिबार राति परेको अबिरल वर्षाको कारण तमोर नदि, हेवा खोला र अन्य खोलाहरुमा आएको बाढीको कारण पाँचथरका बिभिन्न स्थानका ५ जना ब्यक्ति बेपता भएका छन् ।

बेपता हुनेहरुमा हिलिहाङ गाउँपालिका ७ का माउन्टेन हाईड्रोमा कार्यरत ४६ वर्षिय तिलकुमार तामाङ, फिदम ११ का माउन्टेन हाईड्रोमा कार्यरत वर्ष २८ वर्षिय संजोग लिम्बु, फिदिम ५ का हेवा खोलामा गिट्टी कुट्ने कामदार ५५ वर्षिय राजकुमार राई, माझीटारमा बोटलहाउस होटल सञ्चालन गर्ने हिलिहाङ ७ का २८ वर्षिय आशिष माझि र उनको श्रीमती २५ वर्षिय एलिसा माझि रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीकै कारण मेचि राजमार्गमा पर्ने हेवाखोला पुल, फिदिम ४ र हिलिहाङ ७ मा रहेको तमोर करिडोमा पर्ने हेवा ब्रिज,फालेलुङ ३ र ७ जोड्ने २ वटा पक्कि पुल र याङबर ४ र ताप्लेजुङको सिदिङवा जोड्ने १ वटा पक्कि पुल, फिदिम ११ र हिलिहाङ ७ जोड्ने माउन्टेन हाईड्रोको पक्कि पुल, याङवरक २ फलौचामा रहेको चिवाभञ्जाङ जाने पक्कि फुल बगाएको प्रहरिले जनाएको छ ।
यस्तै, फालेलुङ ३ र ५ जोड्ने झोलुङ्खे पुल,याङवरका २ को झोलुङ्गे पुल, याङवर १ को मोरुङगा झोलुङ्खे पुल, याङवर १ को नागदह झोलुङ्गे पुल, याङवर १ को बिरुवा झोलुङ्खे पुल, याङवर १ च्याङच्थापुबाट ठिङगेपुर जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरिले जनाएको छ ।

Advertisement

बाढी र पहिरोको कारण मेचिराजमार्गको फाल्गुनन्द ३ मा रहेको पाङगे भिरमा पहिरोको कारण सडक पुर्णरुमा अवरुद्ध रहेको छ । यता, मेची राजमार्ग स्थित फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलामा अबिरल बर्षाको कारणबाट आएको बाढीको कारण हेवाखोलाको पुल बगाउदा मेचि राजमार्ग पुर्ण रुपमा अवरुद्ध भई यातायात आवत जावत अबरूद्ध रहेको छ ।

तमोर करिडोर अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ मा रहेको पक्कि ब्रिज बगाउदा तमोर करिडोरको पाँचथर ताप्लेजुङ खण्ड पनि अबरुद्ध रहेको प्रहरीले जनााएको छ ।

बाढीकै कारण फिदिम ११ मा रहेको १४ मेगावाट बिद्युत उत्पादन क्षमता रहेको माउन्टेन ‘बि’ र, फिदिम १० मा रहेको माउन्टेन ‘ए’ जलबिद्युत आयोजना पुणर्रुपमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै याङवरक ४ मा रहेको रोराङ जलबिद्युत आयोजनाको ड्याममा पुर्ण क्षति भएको प्रहरीले जनाएको छ । पाँचथरको फालेलङुमा घर वगाउँदा वेपत्ता भएकी एक वालिकालाई विहान मात्र जिवितै उध्दार गरीएको छ । प्रहरीका अनुसार बिस्तृत क्षति विवरण आउन बाँकी रहेको छ ।

बाढीले सङ्खुवासभाको हेवाखोला किनारका सात घर बगाएको छ भने अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् । सोही ठाउँमा एकजनाको शव फेला परे पनि त्यसको पहिचान हुन सकेको छैन ।

त्यसैगरी, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोलेघर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । पहिरोले स्थानीय यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् ।

हालसम्म पूर्वमा २५ जना हराईरहेका छन् भने एकजनाको मृत्यु भएको बताइएको छ ।