काठमाडौँ । नेकपा एकीकृत समाजवादी अन्तर्गतको ओखलढुंगा काठमाण्डौ सम्पर्क मञ्चको अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको १२ औं अधिवेशनले काजी थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा निलप्रसाद गौतम र जुहार चन्द्र कटवाल सचिव श्यामनाथ घिमिरे उपसचिव संगीता केसी कोषाध्यक्ष रमेश भट्टराई निर्वाचित भएका छन् । समितिका सदस्यहरूमा गोविन्द विष्ट, निरञ्जन न्यौपाने बस्नेत, भक्तबहादुर धमला,गुरुप्रसाद तिम्सिना र लालबहादुर बुढाथोकी रहनु भएको छ भने अन्य ३ जना पछि थप हुने बताईएको छ ।
भेलालाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा विशेष प्रदेश कमिटी अध्यक्ष विरवलकाजी राईले मुलुकमा शक्तिशाली पार्टीको रुपमा कम्युनिष्टहरू नै भएको भन्दै अव समाजवादी मोर्चा निर्माण सँगै समाजवादको लक्षमा अघि बढ्नुपर्ने बताए।