विराटनगर । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको प्रथम अधिवशेनबाट अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् । उनी यसअघि कार्यसमिित सचिव थिए ।
शनिबार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा लुइँटेलसहित नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्ष तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा ध्रुव भट्टराई र विनु तिम्सिना सहसचिव चयन भएकी छिन् ।
राजु पौडेल, सुजाता लिम्बू, उत्तम पोखरेल, चिना थापा र कृष्ण बहाब कार्यसमितिको सदस्य चयन भएका छन् ।
प्रदेशसभा, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन र गतिविधिको समाचार लेख्दै आएका पत्रकारहरु मञ्चमा आबद्ध छन् । अधिवेशनको उद्घाटन कोशी प्रदेशका सभामुख बाबुराम गौतमले गरेका थिए ।
