विराटनगर । खोलाले बगाउँदा एक जना सव–इन्जिनियरको मृत्यु भएको छ । बुधबार राती भोजपुर जिल्लाको टेम्मेमैयुङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने राउने खोलाले बगाउँदा सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएका हो ।
प्रहरीका अनुसार बाढीले पुल निर्माण भइरहेको स्थानमा रहेको जेसिवि र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा टेम्केमैयुङ गाउँपालिकामा कार्यरत सव–इन्जिनियर राईलाई खोलाले बगाएको हो । जेसिवि चालक भने हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाई छ ।
सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाई छ । राईको शव करिब तीन किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
