November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्री बहाल भएको हप्तादिनपछि जिम्मेवारी

1.6K

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ले तीन बहालवाला मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मङ्गलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की गत जेठ ३० गतेको सिफारिसमा नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) को अवस्था परी रिक्त हुनआएको मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई तोकिएको थियो । त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाइँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले दिएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई तोकिएको हो ।

Advertisement

संविधानको मर्मविपरित मन्त्रीलाई जिम्मेवारीको सिफारिस
प्रदेश प्रमुखबाट जिम्मेवारीको सिफारिस हुनुअगावै मन्त्रीहरुले कार्यभार सम्हालेको आलोचना शुरु भएको छ । यससँगै मन्त्रीहरुले यसबिचमा भएका निर्णयहरु के हुने भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत जेठ २३ गते सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, कृषि मन्त्री भक्तिप्रसाद सिटौलालाई भौतिक पूर्वाधार विकास मन्त्रालय र जेठ १८ गते खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेयाङ्बो लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

जबकि संविधानमा कुनै पनि मन्त्रालयको जिम्मा दिने वा मन्त्रिपरिषद् हेरफेर गर्दा प्रदेश प्रमुखबाट मन्त्रीपरिषद् गठन गर्नुपर्ने व्यवस्था छ ।