November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘शार्दूल’को ६ औं अङ्कका लागि लेख तथा रचना पठाउन आह्वान

3.5K

काठमाडौं । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा प्रकाशन हुँदै आइरहेको ‘शार्दूल’को ६ औं अङ्कका लागि सिर्जना आह्वान गरिएको छ । लेख तथा रचना जननेता तथा स्रष्टा भण्डारीको व्यक्तित्व, कृतित्व र योगदान सम्बन्धी तथा अन्य विविध विषयवस्तुमाथि लेख्न सकिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘शार्दूल’को छैठौं अङ्क मदन भण्डारी जन्मजयन्तीका अवसरमा २०८० असारको पहिलो हप्ता प्रकाशन गर्ने तयारी रहेको छ ।

लेख तथा रचनाहरू २०८० असार १ गतेभित्र पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । लेखिएका कथा, कविता, निबन्ध, नाटक, समालोचना, संस्मरण आदि लेख सम्पादक शशी लुमुम्बू (९८४१३६५०२२), फूलमान वल, जयन्ता पोखरेल अथवा poetshalu@gmail.com मा इमेल गर्न सकिने छ ।

Advertisement