November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बूवानको दस्तावेज तेस्रो संस्करण प्रकाशित

2.5K

काठमाडौं । मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह”को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताए । उनले अहिले पनि आफू लिम्बूवानका खोज्न बाँकी कैयौँ दस्तावेजहरुको खोजीमा ब्यस्त भएको बताए । उनले हालः आफूले पाँच सय जति थप दस्तावेजहरु सङ्कलन गरी तिनीहरुमाथि अध्ययन गरिरहेको पनि जानकारी दिए ।
इङ्नामको यसअघि “तेह«थुम जिल्लामा सुब्बाङ्गी प्रथा” र “लिम्बू जातिको इतिहास” प्रकाशित छन् । नेपाल सरकारका अवकास प्राप्त सहसचिव उनी हालः लिम्बूवान अध्ययन केन्द्र नामको अनुसन्धान संस्थासँग सम्वद्ध छन् ।

Advertisement