November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फाल्गुनन्द सडक सम्बन्धमा निर्माण व्यवसायी त्रिपक्षीय छलफल

1.5K

इलाम । दमक, माङसेबुङ, रबी हुँदै राँके जोड्ने मोटरबाटो निर्माणको लागि ठेक्का पाएका निर्माण व्यवसायी, सडक डिभिजन र स्थानीय सरोकारवाला उपभोक्ताबिच त्रिपक्षीय छलफल भएको छ ।

स्थानीय बुद्धिजीवी तथा समाजसेवी केहेरसिं योङहाङको नेतृत्वमा १८ जेठमा माङसेबुङ ४ सिङफेरेमा बसेको बैठकले सडक निर्माणकार्य (कालोपत्रे लगायतका) लाई तीव्रता दिने, बर्षायाममा सडक अवरुद्ध नहुने वातावरण बनाउने र मजदुरले पाउने पारिश्रमिकको निर्माण व्यवसायीबाट तत्काल उपलब्ध गराउने निर्णय भएको संयोजक केहेरसिं योङहाङले बताए ।

सडक निर्माणकार्यमा ढिलाइ भएको भनी सामाजिक सञ्जाल र स्थानीय बाट निरन्तर गुनासो आएपछि यसको सहजीकरण गर्न स्थानीय अगुवाहरु लागेको जनाइएको छ ।

Advertisement