November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली हजयात्रीको पहिलो टोली मक्का मदिना प्रस्थान

1.9K

काठमाडौं । नेपाली हजयात्रीको पहिलो समूह साउदी अरबको मक्का मदिना प्रस्थान गरेको छ । हजयात्रीहरुको पहिलो टोलीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।

पहिलो चरणमा २६८ जना नेपाली हजयात्री मक्का मदिना प्रस्थान गरेका छन् । जेठ २४ गतेसम्म विभिन्न समूहबाट यस वर्ष झण्डै एक हजार एक सय असी जना नेपाली हजयात्री साउदी अरेबिया पुग्नेछन् । उनीहरु ४५ दिनसम्मको हजपछि स्वदेश फर्किने छन् ।

प्रत्येक वर्ष ०.१ प्रतिशतलाई हजको सुविधा
नेपाली मुस्लिम जनसंख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न मक्का मदिना जाने कोटा सुविधा छ ।

Advertisement

गृह मन्त्रालय मातहतको नेपाल हज समिति, सचिवालयका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनौट हुने गर्दछ ।

मक्का मदिना मुस्लिम धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल हो ।