दमाम | किरात राई यायोक्खा प्रवास शाखा साउदी अरबले साकेला उभौली चाड तथा येले संवत् ५०८३ मनाउने भएको छ । आगामी जुन २ तारीखका दिन साउदी अरबको सफ्वास्थित सादी रिसोर्टमा विविध सांस्कृतिक, झाँकी, गायन र नित्य लगायतका मनोरञ्जनात्मक कार्यक्रमसहितको कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली राजदुतावास रियादको प्रमुख आतिथ्यतामा र साउदी अरबमा क्रियाशील सामाजिक, वैचारिक लगायत विभिन्न संघसंस्थाहरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने किरात राई यायोक्खा प्रवास शाखा साउदी अरबका अध्यक्ष चित्रकुमार चाम्लिङले मामिला डटकमलाई जानकारी दिएका छन् । चाम्लिङका अनुसार साउदी अरबको पुर्वी क्षेत्रमा कार्यरत किराँती तथा गैरकिराँती दाजुभाइ दिदिबहिनीहरूलाई साकेला उभौली कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल पारी दिन अनुरोध पनि गरेका छन् ।
किरात राई यायोक्खा प्रवास शाखा साउदी अरबले बर्सेनि साकेला उभौली पर्व र किरातीहरूको चाडहरू मनाउदै आइरहेको छ ।
