November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वभरका नेपालीहरुको हकहितमा आवाज उठाउने माध्यम हो नेपाल मामिला

7K

काठमाडौँ – नेपाल मामिला डट कम बेलायतमा रहेर विश्वभरिका नेपालीहरुको हक हकहितमा आवाज उठाउने तथा विश्वभर सूचनालाई प्रवाह गर्ने उद्देश्यले स्थापना भएको एउटा सशक्त सञ्चार माध्यम हो। यस संस्थाले खासगरी नेपाल बाहिर रहेका नेपालीहरूको समस्याहरुलाई आमसञ्चारको माध्यमबाट सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यसैगरी यस संस्थाले महिलाहरुका मुद्दालाई प्रमुख प्राथमिकता दिइएको छ । एनआरएनएमा महिला नेतृत्व सम्भावना र चुनौती विषयमा बहस गराउँदै संस्थाले विश्वभर रहेका महिला नेतृहरुका आफ्ना समस्या, गुनासा र अप्ठ्याराहरु आमसञ्चारको माध्यमबाट उजागर गराउने प्रयास गरेको छ । महिला नेतृत्वहरुले खुलेरै आफ्ना समस्याहरु र गुनासाहरु आमसञ्चारको माध्यमबाट व्यक्त गर्नुभएको छ । यसबाट स्पष्ट हुन्छ कि नेपाली महिलाहरु विश्वको जुनसुकै कुनामा गएपनि अधिकारको प्राप्ति र उपयोगको सवालमा समस्याहरू ज्यूँ का त्यूँ छन् ।

यस महत्वपूर्ण कार्यक्रमका दुवै बहसहरु मा मैले सहभागी हुने अवसर पाएको थिए । विश्वभरीका महिला नेतृहरुसँग आफ्ना अनुभव आदानप्रदान गर्ने एउटा अवसर प्राप्त गरे।आयोजकले दिनुभएको त्यो महत्वपूर्ण अवसरको लागि म आयोजक प्रति बिशेष आभार व्यक्त गर्न चाहन्छु।
कार्यक्रममा अतिथि वक्ता हरुका कुरा सुनिरहँदा मलाई कताकता आफ्नो देशमा बसेर भएपनि उहाँहरुका समस्या र गुनासाहरु सम्बोधन गर्नुपर्ने जस्तो लाग्यो तथापि हाम्रो पहुँच भन्दा बाहिर रहेको यो परिवेशमा महिला नेतृहरुले भोग्नुभएको समस्या मैले आफूले पनि अनुभूति गरे ।

Advertisement

अधिकार प्राप्तिको लागि आफैंले लडाई गरिरहनुपर्ने यो परिवेशमा विश्वभरी छरिएर रहेका महिलाहरु अथवा वैदेशिक रोजगारमा गएका मानिसहरुका समस्याहरुलाई ती महिला नेतृत्वहरुले कसरी सम्बोधन गर्न सक्नुहुन्छ भन्ने कुरामा मलाई चिन्ता लाग्यो र भन्नमन लाग्यो पुरुष दाजुभाईहरुलाई कृपया महिला नेतृहरुलाई साथ र सहयोग दिनुहोस् र नेतृत्व विकासको क्षमता अभिवृद्धिमा यहाँहरूको महत्वपूर्ण भूमिका रहोस ।

नेपाल मामिलाले चलाएको यो बहसले धेरै महिला नेतृहरुले आफ्ना समस्या र गुनासाहरु आम सञ्चारका माध्यमबाट प्रवाह गर्दै उहाँहरूका समस्याहरुको सम्वोधन गर्ने एउटा प्रयास गराउनुभएको छ । यो बहस विश्वभभर रहेका महिला नेतृत्हरु को समस्या समाधान गर्न कोसेढुंगा साबित हुनेमा हामी विश्वस्त छौं । महिलाका मुद्दामा नेपाल मामला धेरै उदार छ जुनकुरा यस संस्थाले आफ्ना संवाददाता र सम्पादन तहमा महिलाहरुलाई दिइएको प्राथमिकता बाट पनि स्पष्ट हुन्छ ।

आगामी दिनमा पनि यस्तै प्रकारका महत्वपूर्ण बहसहरु सञ्चालन गर्दै जाओस् हाम्रो तर्फबाट धेरै धेरै शुभकामना । सावित्री दाहाल भट्टराई (नेपाल मामिला डट कम)